५० ओभरको पहिलो विश्वकपमै पाकिस्तानी खेलाडीको शतक
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा निकैपछि मात्र ५० ओभरको खेल सुरु भएको हो । विश्वकपको सुरुको तीनवटा संस्करण ६०—६० ओभरमा खेलाइएको थियो ।
सन् १९७५ मा आयोजना भएको पहिलो, सन् १९७९ मा भएको दोस्रो र सन् १९८३ मा आयोजना भएको तेस्रो विश्वकप ६० ओभरमा खेलाइएको थियो । सन् १९८७ मा भएको चौथो संस्करणदेखि मात्र विश्वकपका खेलहरू ५० ओभरमा खेलाइन थालेको हो ।
विश्वकपको चौथो संस्करण भारत र पाकिस्तानले संयुक्त रुपमा आयोजना गरेका थिए । ५० ओभरको पहिलो विश्वकपमा पहिलो खेल खेल्ने राष्ट्र पाकिस्तान र श्रीलंका हुन् । उक्त खेलमा घरेलु मैदानमा पाकिस्तानले श्रीलंकालाई १५ रनले हराएको थियो ।
टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ५२ रनमात्र बनाउन सकेको थियो । ५० ओभरमा खेलाइएको पहिलो विश्वकपमै पाकिस्तानमा जावेद मियाँदादले शतक (एक सय तीन रन) बनाएका थिए । पाकिस्तानका रमिज राजाले ७६ र श्रीलंकाका रोसन महानामाले ८९ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण