मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, २० करोड भारु माग
मुम्बई । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने बताएका हुन् ।
‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन । गत वर्ष मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए ।
यसअघि २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पदार्थले भरिएको एसयूभी भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण