आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दुई छोरालाई घरबाट निकाल्न आमाले हालिन् अदालतमा मुद्दा

आइतबार, १२ कात्तिक २०८०, १४ : ०५
आइतबार, १२ कात्तिक २०८०

पाभिया । भनिन्छ आमाको माया अनन्त हुन्छ । तर ‘अनन्त’ भनिने आमाको मायाको पनि एउटा सीमा हुने रहेछ । उदाहरणका लागि एक इटालियन महिलाले आफ्नो दुई छोरालाई हटाउन अदालतमा मुद्दा नै लड्नुपरेको छ । 

क्रमशः ४० र ४२ वर्षीय छोराहरूले घरमा कुनै पनि हिसाबले योगदान नगर्ने तथा घर पनि छाड्न नमानेपछि ती महिलाले अदालतले मुद्दा हाल्नुपरेको हो । अन्ततः उनले मुद्दा पनि जितेकी छन् ।

उत्तरी इटालीमा रहेको पाभिया सहरकी बासिन्दा रहेकी ७५ वर्षीया ती महिलाले आफ्ना दुई छोरालाई घरबाट निक्लेर आफ्नो जीवन सुरु गर्न आग्रह गरेकी थिइन् । दुवै छोरा कमाउने थालेको र आफ्नो जीवन धान्न सक्ने भएपछि उनीहरूलाई घर छाडेर जान उनले भनेकी थिइन् । तर, उनीहरू भने घर छाड्न तयार थिएनन् । 

उनीहरूले न त घरमा आर्थिक रूपमा योगदान गर्थे न त घरको कामहरू नै गर्दथे । उनीहरूको यस क्रियाकलापबाट आजित भएर ती महिलाले अदालतको ढोक ढकढक्याउन परेको थियो । 

यस अनौठो मुद्दामा न्यायाधीश सिमोना काटेब्रीले ७५ वर्षीया महिलाको पक्षमा फैसला गर्दै दुई छोरालाई घर छाड्ने निर्देशन दिएकी छन् । आफ्नो फैसलामा उनले भनेकी छिन्, ‘छोराछोरी १८ वर्ष नपुगेसम्म उनीहरूको ख्याल राख्नु अभिभावकको कर्तव्य हो । तर, ४० वर्ष पुगिसकेका सन्तानको हकमा यो न्यायोचित हुँदैन ।’

अदालतको फैसलापछि अब उनीहरूले डिसेम्बर १८ सम्ममा आमाको घर छाड्नुपर्नेछ । रोचक कुरा के हो भने इटालीमा आफ्नो आमाबुबासँग बस्ने वयस्कहरूको सङ्ख्या धेरै रहेको छ । सन् २०२० को तथ्यांकअनुसार १८ देखि ३४ वर्ष उमेर समूहका ७० प्रतिशत वयस्कहरू अझै पनि आमाबुबासँग बस्न सक्छन् । यसका बाबजुद त्यहाँ छोराछोरीहरूलाई निकाल्नका लागि कमै मुद्दाहरू पर्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप