मामा गोविन्दासँग सुध्रिएकै हो त कृष्णा अभिषेकको सम्बन्ध ?
मुम्बई । भारतीय अभिनेता तथा हास्य कलाकार कृष्णा अभिषेकले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन् । सो भिडियोमा उनी मामा नाताका अभिनेता गोविन्दासँग नाचिरहेका छन् । कृष्णाले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो भिडियो शेयर गरेपछि मामा भान्जाबिच लामो समयदेखिको तिक्तता सकिएको अड्कल गर्न लागिएको छ ।
सन् २०१६ मा कृष्णाको एउटा अभिव्यक्तिपछि मामासँगको सम्बन्ध बिग्रिन थालेको थियो । कपिल शर्मा शोमा उनले एउटा एपिसोडमा गोविन्दालाई आफ्नो मामा बनाएर राखेको बताए । उनको यो कुरा गोविन्दालाई फिटिक्कै मन परेन । उनको सो अभिव्यक्तिको प्रतिक्रियामा पैसाका लागि कसैको बेइज्जती गर्न नहुने बताएका थिए ।
कृष्णाकी पत्नी कस्मिराले सन् २०१८ मा केही मानिस पैसाका लागि नाच्छन् भन्दै ट्विट गरेपछि मामा भान्जाको सम्बन्ध झनै बिग्रियो । त्यसयता जब जब गोविन्दा कपिल शर्मा शोमा आउँथे, त्यतिबेला कृष्णा शोमा आउँदैन थिए । त्यसयता पनि मामा भान्जाले एक अर्का विरुद्ध अनेकौं अभिव्यक्ति दिए । पछिल्लो भिडियोले भने दुई जनाबिचको सम्बन्ध सुधारको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण