दसैँपछि खुलेको बजारमा पहिलो दिन नै २८ अंकको गिरावट
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेले खराब शुरुवात गरेको छ । दसैँपछि खुलेको बजारमा पहिलो दिन नै २८ अंकमाथिले नेप्से सूचक घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २८.१८ अंकले घट्दै १८ सय ७५.६५ अंकमा झरेको हो ।
यस्तै आज यता कारोबार समेत खुम्चिदै ७४ करोड २९ लाख २५ हजारमा सीमित हुन पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । ट्रेडिङ समूहको उपसूचक २.६८ प्रतिशतले घट्दा आज होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, निर्जीवन बीमा समूहको उपसूचक १.९६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक १.९७ प्रतिशतले र इन्भेष्टमेन्ट समूहको उपसूचक १.६२ प्रतिशतले घटेका छन् ।
यस्तै, विकास बैंक समूहको उपसूचक १.५१ प्रतिशतले घट्दा बैंकिङ समूहको उपसूचक आज १.३९ प्रतिशतले घट्न पुगेको छ । फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो समूहको उपसूचक क्रमशः १.४२ प्रतिशतले, १.४६ प्रतिशतले र १.१४ प्रतिशतले घट्न पुगेका छन् ।
आज कमाउनेमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले ८.९९ प्रतिशतले कमाएका छन् भने भने गुमाउनेमा सोनापुर मिनिरल एण्ड आयल लिमिटेडका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण