बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्स डेटिङ एप बनोस् भन्ने चाहन्छन् मस्क

आइतबार, १२ कात्तिक २०८०, १५ : २०
आइतबार, १२ कात्तिक २०८०

क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले घरेलु माइक्रोब्लगिङ बेबसाइट एक्स (ट्विटर) किनेको ठ्याक्कै एक वर्ष भयो । एक्स ठ्याक्कै कस्तो होस् भन्ने चाहन्छन् त मस्क ? यसबारे अझै पनि अनपेक्षित विचारहरू आउन छाडेको छैन ।

बिहीबार मस्कले एक्स किनेको एक वर्ष भयो । सोही दिन कम्पनीव्यापी बैठकमा मस्कले अर्को वर्ष एक्स कस्तो देखिन्छ भन्नेबारे बताएका थिए । सन् २०२४ मा एक्स ‘पुरापुर’ डेटिङ साइट हुने मस्कको जिकिर थियो । एप डिजिटल बैंक पनि बन्ने उनले बताए । यस अगाडि एक्सबारे यस्ता विवरण बाहिरिएका थिएनन् ।

एक्स कसरी डेटिङ एप बन्छ भन्नेबारे मस्कले कुनै विवरण भने दिएका छैनन् । प्रयोगकर्ताहरूबाटै यस्तो फिचरको माग आएको हो कि डेटिङ एप बनाउन एक्समा के कस्तो परिवर्तन गरिनेछ भन्नेबारे पनि उनले केही भनेका छैनन् । मस्कले एक्सलाई विच्याट जस्तै खालको सुपर एप बनाउन खोजिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप