एक्स डेटिङ एप बनोस् भन्ने चाहन्छन् मस्क
क्यालिफोनिर्या । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले घरेलु माइक्रोब्लगिङ बेबसाइट एक्स (ट्विटर) किनेको ठ्याक्कै एक वर्ष भयो । एक्स ठ्याक्कै कस्तो होस् भन्ने चाहन्छन् त मस्क ? यसबारे अझै पनि अनपेक्षित विचारहरू आउन छाडेको छैन ।
बिहीबार मस्कले एक्स किनेको एक वर्ष भयो । सोही दिन कम्पनीव्यापी बैठकमा मस्कले अर्को वर्ष एक्स कस्तो देखिन्छ भन्नेबारे बताएका थिए । सन् २०२४ मा एक्स ‘पुरापुर’ डेटिङ साइट हुने मस्कको जिकिर थियो । एप डिजिटल बैंक पनि बन्ने उनले बताए । यस अगाडि एक्सबारे यस्ता विवरण बाहिरिएका थिएनन् ।
एक्स कसरी डेटिङ एप बन्छ भन्नेबारे मस्कले कुनै विवरण भने दिएका छैनन् । प्रयोगकर्ताहरूबाटै यस्तो फिचरको माग आएको हो कि डेटिङ एप बनाउन एक्समा के कस्तो परिवर्तन गरिनेछ भन्नेबारे पनि उनले केही भनेका छैनन् । मस्कले एक्सलाई विच्याट जस्तै खालको सुपर एप बनाउन खोजिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण