कांग्रेस नेता र महासचिव गुटरेसबीच भेटवार्ता : शेखरले उठाए जलवायु परिवर्तनको मुद्दा
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न नयाँ बानेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग गुटरेसले भेटवार्ता गरेका हुन् ।
सभापति देउवा र महासचिव गुटरेसको भेटमा नेता शेखर कोइराला, उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ र कांग्रेस नेता तथा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए ।
भेटवार्ताका क्रममा नेता शेखर कोइरालाले महासचिव एन्टोनियो गुटरेसलाई जलवायु परिवर्तनका असरबारे विश्वमञ्चमा आवाज उठाइदिन आग्रह गरेका थिए । ‘तपाईं सगरमाथा क्षेत्र पनि जाँदै हुनुहुन्छ। जलवायु परिवर्तनका असर नेपालले कति खेपिरहेको छ र हामीलाई कति अप्ठ्यारो छ भन्ने कुरा तपाईंले विश्वमञ्चमा आवाज उठाइदिनुहोला,’ महासचिव गुटरेससँग कोइरालाको भनाइ थियो ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार जलवायु परिवर्तनका विषयमा संवेदनशील भइदिन कोइरालाको आग्रह थियो ।
महासचिव गुटरेस सोमबार नाम्चे, पोखरा र अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण