कांग्रेस नेता र महासचिव गुटरेसबीच भेटवार्ता : शेखरले उठाए जलवायु परिवर्तनको मुद्दा

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न नयाँ बानेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग गुटरेसले भेटवार्ता गरेका हुन् ।
सभापति देउवा र महासचिव गुटरेसको भेटमा नेता शेखर कोइराला, उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ र कांग्रेस नेता तथा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए ।
भेटवार्ताका क्रममा नेता शेखर कोइरालाले महासचिव एन्टोनियो गुटरेसलाई जलवायु परिवर्तनका असरबारे विश्वमञ्चमा आवाज उठाइदिन आग्रह गरेका थिए । ‘तपाईं सगरमाथा क्षेत्र पनि जाँदै हुनुहुन्छ। जलवायु परिवर्तनका असर नेपालले कति खेपिरहेको छ र हामीलाई कति अप्ठ्यारो छ भन्ने कुरा तपाईंले विश्वमञ्चमा आवाज उठाइदिनुहोला,’ महासचिव गुटरेससँग कोइरालाको भनाइ थियो ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार जलवायु परिवर्तनका विषयमा संवेदनशील भइदिन कोइरालाको आग्रह थियो ।
महासचिव गुटरेस सोमबार नाम्चे, पोखरा र अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको एमालेको निष्कर्ष
-
नागढुङ्गा–नौबिसे सडकखण्ड राति बन्द हुने
-
सर्लाहीमा हतियारसहित युवक पक्राउ
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
-
लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव
-
संस्कारमा खर्च बढे, कानुन छ तर कार्यान्वयन छैन