बढी नेपाली भएका देशमा दूतावास खोल्दै सरकार

काठमाडौँ । बढी नेपालीहरू भएका देशमा नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको छ । १० हजारभन्दा बढी नेपाली भएका मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने गरी सरकारले प्रकृया अगाडि बढाएको हो ।
गत भदौ २५ र २६ गते काठमाडौँमा ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ विषयमा प्रधानमन्त्रीसहितको बैठक बसेको थियो । उक्त बैठकले बढी नेपाली भएका देशहरूमा समेत कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही आधारमा प्रकृया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताए । सरकारले पोर्चुगल, रोमानिया, माल्टा, साईप्रस, क्रोएशिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका मुलुकमा कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको हो ।
सरकारले ती देशहरूमा दूतावास नै स्थापना गर्ने तथा ड्राई पोष्टिङको प्रकृया गर्ने भएको हो । ड्राई पोष्टिङमा खटिएका कर्मचारीले परिवार बाहेकको मात्र सुविधा पाउनेछन् । त्यसरी नेपाली कूटनीतिक नियोग स्थापना गर्ने प्रकृया अघि बढेको मन्त्री भण्डारीको भनाई छ ।
ती देशहरूमा १ जना परराष्ट्र सेवाको उपसचिव स्तरको कर्मचारी, १ जना श्रम सहचारी र १ जना स्थानीय कर्मचारी गरेर तीन जनाको दरबन्दी रहनेछ । त्यसका लागि परराष्ट्र मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको प्रकृया अगाडि बढाएको छ ।
उक्त प्रकृया पुरा गरेर मन्त्रिपरिषद्मा निर्णयको लागि प्रस्ताव पेश गर्नेछ । उक्त कार्यको लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेले समेत सहजीकरण गर्नेछन् ।
त्यस्तै जापान, जर्मनी, अष्ट्रिया, इजरायल तथा दक्षिण कोरियामा श्रम काउन्सिलर र श्रम सहचारीको दरबन्दी सिर्जनाको प्रकृया अघि बढेको छ । श्रम मन्त्रालयले परराष्ट्रको समन्वयमा प्रस्ताव तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गर्न लागिएको मन्त्री भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?