दसैँका बेला सर्वसाधारण यात्रु चार गुणाले ठगिए : सांसद पौडेल
काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न नसकेको आरोप लगाएका छन् । सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे ।
‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौं प्रमाण मसँग छ’ दसैँको सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने मन्त्री ज्वालाको भनाइ खण्डन गर्दै पौडेलले आक्रोश पोखे ।
‘सवारी भाडामा प्रायः सबै यात्रुहरु ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै ! बदमास एउटै यातायात व्यवसायीलाई कारबाही गर्नुभयो ? गर्न सक्नुभयो ?’ उनले थप आक्रोश पोखे ।
सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दसैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण