शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फिल्मका लागि अनिल कपुरको ‘फिजिकल ट्रान्सफर्मेशन’

सोमबार, १३ कात्तिक २०८०, १३ : ४२
सोमबार, १३ कात्तिक २०८०

मुम्बई । बलिउड अभिनेता अनिल कपुरको आउँदो फिल्म हुन् एनिमल र फाइटर । एनिमलमा उनी रणवीर कपुरको पिताको भूमिकामा छन् । फाइटरमा भारतीय वायुसेनाका अधिकारी बनेका छन् । यी दुवै भूमिकाका लागि अनिल सीरियस फिजिकल ट्रान्सफर्मेशनबाट गुज्रिएका छन् ।

आइतबार अनिलले आफ्नो सामाजिक सञ्जालमा केही तस्बिर शेयर गरेका छन् । ‘दुई बिलकुल अलग अलग पात्रहरूबिच अदलाबदली गर्नु निकै चुनौतीपूर्ण थियो । एनिमलमा ६५ वर्षका बलबीरबाट फाइटरमा ४५ वर्षका हवाई सेनाका अधिकारी रकीबीच आफूले लगाएको सम्माननीय पोशाकप्रति न्याय गर्न म गम्भीर खालको फिजिकल रूपान्तरणबाट गुज्रिनु पर्‍यो । अब दुवै फिल्मको सुटिङ सकिसकेको छ, दर्शकहरूको रियाक्सनको व्यग्र प्रतीक्षामा छु,’ पोस्टमा भनेका छन् ।

अनिलको यो पोस्टमा फ्यान र बलिउडका सेलिब्रेटीहरुले रियाक्शन दिएका छन् । ‘तपाई १८ वर्षको मात्रै हुनुहुन्छ यो फिजिकल ट्रान्सफर्मेशन गर्न सजिलो छ, अनिल सर तपाई ३० वर्षको भएपछि यस्तो गर्न गाह्रो हुनेछ,’ अभिनेता वरुण धवनले जिस्काउँदै लेखेका छन् ।

मिष्टर इन्डियाको सिक्वेलको माग

हालै अनिल कपुर एउटा विज्ञापनमा मिष्टर इन्डियाको लुकमा देखिएका थिए । यो विज्ञापनमा अनिल ३६ वर्ष पहिले आएको सो फिल्ममा जस्तै देखिएका थिए । यो विज्ञापन आएपछि फ्यानहरूले अनिलसँग मिष्टर इन्डियाको सिक्वेल बन्नु पर्ने माग गरिरहेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप