फिल्मका लागि अनिल कपुरको ‘फिजिकल ट्रान्सफर्मेशन’
मुम्बई । बलिउड अभिनेता अनिल कपुरको आउँदो फिल्म हुन् एनिमल र फाइटर । एनिमलमा उनी रणवीर कपुरको पिताको भूमिकामा छन् । फाइटरमा भारतीय वायुसेनाका अधिकारी बनेका छन् । यी दुवै भूमिकाका लागि अनिल सीरियस फिजिकल ट्रान्सफर्मेशनबाट गुज्रिएका छन् ।
आइतबार अनिलले आफ्नो सामाजिक सञ्जालमा केही तस्बिर शेयर गरेका छन् । ‘दुई बिलकुल अलग अलग पात्रहरूबिच अदलाबदली गर्नु निकै चुनौतीपूर्ण थियो । एनिमलमा ६५ वर्षका बलबीरबाट फाइटरमा ४५ वर्षका हवाई सेनाका अधिकारी रकीबीच आफूले लगाएको सम्माननीय पोशाकप्रति न्याय गर्न म गम्भीर खालको फिजिकल रूपान्तरणबाट गुज्रिनु पर्यो । अब दुवै फिल्मको सुटिङ सकिसकेको छ, दर्शकहरूको रियाक्सनको व्यग्र प्रतीक्षामा छु,’ पोस्टमा भनेका छन् ।
अनिलको यो पोस्टमा फ्यान र बलिउडका सेलिब्रेटीहरुले रियाक्शन दिएका छन् । ‘तपाई १८ वर्षको मात्रै हुनुहुन्छ यो फिजिकल ट्रान्सफर्मेशन गर्न सजिलो छ, अनिल सर तपाई ३० वर्षको भएपछि यस्तो गर्न गाह्रो हुनेछ,’ अभिनेता वरुण धवनले जिस्काउँदै लेखेका छन् ।
मिष्टर इन्डियाको सिक्वेलको माग
हालै अनिल कपुर एउटा विज्ञापनमा मिष्टर इन्डियाको लुकमा देखिएका थिए । यो विज्ञापनमा अनिल ३६ वर्ष पहिले आएको सो फिल्ममा जस्तै देखिएका थिए । यो विज्ञापन आएपछि फ्यानहरूले अनिलसँग मिष्टर इन्डियाको सिक्वेल बन्नु पर्ने माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण