पुष्प व्यवसायले फेरि गति लिन थाल्यो
काठमाडौँ । नेपालमा कोरोना महामारीका समयमा खुम्चिएको पुष्प व्यवसाय गति लिएको छ । सो समयावधिमा १० देखि १५ प्रतिशतमा खुम्चिएको पुष्प व्यवसाय गति लिएको फ्लोरिक्लचर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । ‘हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहँदै आएकोमा विगत कोरोना महामारीका कारण नकारात्मक असर पर्न गई खुम्चिन पुगेको थियो,’ फ्यानको एक विज्ञप्तिमा भनिएको छ, ‘पुनः आर्थिक वर्ष २०७९/८० देखि पुष्प व्यवसायले गति लिएको छ ।’
देशभर ४८ जिल्लामा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ । फ्यानका अनुसार एक हजार एक सय १६ बढी नर्सरी पुष्प व्यवसायी छन् । यसबाट ४४ हजार भन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा कोरोनाको असर केही कम हुँदा समग्र व्यवसायीक तथा आर्थिक क्षेत्रहरू केही चलायमान र सुधारोन्मुख हुँदा भएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा करिब ३० प्रतिशत पुष्पको वार्षिक कारोबारमा वृद्धि भई २ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो । भने गत आर्थिक वर्षमा २०७९/०८० मा ३ अर्ब ७ करोड रुपैयाँको बढीको कारोबार छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३३ दशमलव ६३ प्रतिशतले वार्षिक कारोबार वृद्धि भएको फ्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण