हमासद्वारा अपहरणको भिडियोमा देखिएकी शानी लुक मृत फेला
सोमबार, १३ कात्तिक २०८०, १७ : ०२
एजेन्सी । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि हराइरहेकी २२ वर्षीया जर्मन पर्यटक शानी लुक मृत फेला परेकी छन् । उनको परिवारले यसबारे जानकारी दिएका हुन् ।
जर्मन मिडियासँग कुराकानी गर्दै उनकी आमा रिकार्डा लुकले आइतबार इजरायली सेनाले आफ्नो छोरीको शव फेला पारेको जानकारी दिएको बताइन् । उनको हड्डीको डीएनए र परिवारले पठाएको डीएनएको नमूना मेल खाएको उनको भनाई छ ।
शानीकी दिदी अदीले आफ्नो इन्सटाग्राममा आफ्नो बहिनीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् । शानीलाई हमासका लडाकुले गाजाको सीमा नजिकै रहेको नेगेभ मरुभूमिमा आयोजित सुपरनोभा संगीत महोत्सवबाट अपहरण गरेका थिए । सो स्थानमा कम्तीमा २५० जना मारिएका थिए ।
त्यस दिन शानीलाई एउटा कारमा लडाकुहरूले अचेत अवस्थामा घुमाइरहेको देखिएको उनकी आमाले बताएकी थिइन् । उनले छोरीलाई बचाउन गुहार समेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण