नेपालको जलविद्युतमा लगानी भित्र्याउने उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन हुँदै
काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने मुख्य उद्देशयसहित बेलायमा लगानी सम्मेलन आयोजना गरिएको छ । २१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर समेत पारेर लगानी सम्मेलन आयोजना गरिएको नेपाली राजदूतावासस बेलायतले जनाएको छ ।
विशेष गरी बेलायतबाट नेपालमा जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रहरुमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिश इन्टरनेश्नल इन्भेष्टमेन्ट(British International Investment) समेतको सहयोगमा लगानी सम्मेलनको आयोजना गरिएको हो ।
सिटी अफ लण्डनको मेनसिन हाउस (Mansion House) मा अक्टोबर ३१ (कात्तिक १४ गते मंगलवार) हुने लगानी सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी छन् ।
नेपाली दूतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधि मण्डलले नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानीको सम्भावना र व्यवसायीक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ ।
उक्त सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरु, सम्बन्धित सरकारी निकायहरु एवं संस्थागत वित्तीय श्रोतहरु उपलब्ध गराउने संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण