चार वर्षयताकै उच्च लाभांश बाँड्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक, कति पाउँदैछन् लगानीकर्ताले ?
मङ्गलबार, १४ कात्तिक २०८०, ११ : ५१
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई १९ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।
बैंकले २०७६/७७ को नाफाबाट ११.८४ प्रतिशत, २०७७/७८ को नाफाबाट १३.०६ प्रतिशत र २०७८/७९ को नाफाबाट १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
तुलनात्मक रुपमा यो पटकको लाभांश आकर्षक रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण