टी-२० विश्वकप छनोट
टी-२० विश्वकप छनोट : नेपालविरुद्ध मलेसियाले पहिले ब्याटिङ गर्दै
मङ्गलबार, १४ कात्तिक २०८०, १३ : १६
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजक नेपाल र मलेसियाबिच खेल हुँदैछ । खेलमा मलेसियाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुवैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा छनोट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण