लुम्बिनीबाट गुटरेसद्वारा विश्व शान्तिका लागि आह्वान
बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका छन् । मंगलबार लुम्बिनीको भ्रमणपछि पत्रकारमासँग बोल्दै लुम्बिनीको शान्ति भूमिबाट शान्तिको सन्देश दिन आफू यहाँ आएको गुटरेसले बताएका हुन् ।
उनले हाल संसारभर देखिएको द्वन्द्वको अन्त्यको लागि लुम्बिनीबाट आह्वान समेत गरे । उनले भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।’ इजरायल, प्यालेस्टाइन, सुडानलगायत देशमा जारी द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै उनले बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी व्यक्त गरेका छन् ।
_kos7hdPhqj.jpg)
उनले जलवायु परिवर्तनको विषयमा चासो पनि राखेका थिए ।
आज बिहान पोखराबाट लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए । यस्तै पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनीका पर्यटन व्यवसायी, स्थानीय आमा समूह र विभिन्न जातीय संस्कृति सहितका स्थानीयले उनलाई स्वागत गरे । उनी लुम्बिनीबाट काठमाडौँ फर्किएका छन् ।
_jDjIw0Naro.jpg)
_ERaONQKt4e.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण