२ खर्ब डलरभन्दा तल झर्यो एलन मस्कको सम्पत्ति
वाशिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको सम्पत्ति २ खर्ब डलरभन्दा तल झरेको छ ।
मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले यो वर्षको तेस्रो त्रैमासमा अपेक्षा गरिएभन्दा कम मुनाफा कमाएको खबर आएयता कम्पनीको शेयर मूल्य निरन्तर घटिरहेको छ । यसैका कारण मस्कको सम्पत्ति घटेको हो ।
अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सका अनुसार सोमबार मस्कको नेटवर्थ १ खर्ब ९३ अर्ब डलर छ । सोमबार एकै दिन उनले ७ अर्ब १४ करोड डलर गुमाएका थिए । मस्कको सम्पत्ति २ खर्ब डलरभन्दा तल झरेको यो जुनको शुरुयता पहिलो पटक हो । टेस्लामा मस्कको १३ प्रतिशत हिस्सा छ । मस्कको अधिकांश सम्पत्ति टेस्लाको शेयरमै छ ।
कम्पनीको त्रैमासिक प्रतिवेदन सार्वजनिक भएयता मस्कले ४१ अर्ब डलर गुमाइसकेका छन् । प्रतिवेदन आउनु अघि उनको नेटवर्थ २ खर्ब ३४ अर्ब डलर थियो । अक्टोबर १८ मा त्रैमासिक प्रतिवेदन सार्वजनिक भएयताटेस्लाको शेयर मूल्य झन्डै १० प्रतिशतले घटेको छ । सोमबारको कारोबारमा समेत कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ दशमलव ८ प्रतिशतले घटेर १ सय ९७ डलर ३६ सेन्टमा आएको थियो ।
यो कमीसँगै यो महिनाको अहिलेसम्मको अवधिमा शेयर मूल्य २१ प्रतिशतले घटिसकेको छ । तर यो वर्षको अहिलेसम्मको अवधिमा भने शेयर ६० प्रतिशतले बढेको छ । मस्कको नेटवर्थ सन् २०२१ मा पहिलो पटक २ खर्ब डलर नाघेको थियो । सोही वर्ष नोभेम्बरमा उनको नेटवर्थले ३ खर्ब ४० अर्ब डलरको कीर्तिमानी उचाइ छोयो ।
टेस्लाको शेयरमा आएको हलचलका कारण त्यसयता भने उनको नेटवर्थमा उतारचढाव देखिएको छ । नेटवर्थ घटेपनि मस्क ब्लुम्बर्गको अर्बपतिको सूचिमा अहिले पनि सबैभन्दा माथि नै छन् । मस्कलाई पछ्याउने क्रममा फ्रान्सेली लक्जरी कम्पनी एलभीएमएचका मालिक बर्नार्ड आर्नो दोस्रो स्थानमा छन् । आर्नोको नेटवर्थ १ खर्ब ५६ अर्ब डलर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण