सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

मङ्गलबार, १४ कात्तिक २०८०, १७ : २२
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ । 

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” सम्बन्धी समितिको प्रतिवेदन पेस भएको हो । बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले समितिको प्रतिवेदन पेस गरेकी हुन् । 
 त्यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौं वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको, तेत्तिसौं वार्षिक प्रतिवेदन आ.व. २०७९/८० प्रस्तुत गरिन् । 

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप