बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एक्सको भ्यालु जम्मा १९ अर्ब, मस्कले किनेयता २५ अर्ब डलर गुम्यो

मङ्गलबार, १४ कात्तिक २०८०, १८ : ०१
मङ्गलबार, १४ कात्तिक २०८०

क्यालिफोनिर्या । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सको मूल्य जम्मा १९ अर्ब डलर आसपास रहेको छ । कम्पनीले सोमबार कर्मचारीलाई उनीहरूको उत्कृष्ट कार्य सम्पादनबापत निश्चित अवधिसम्म बेच्न नमिल्ने गरी शेयर अप्शन दिएको थियो । सोही सम्बन्धी दस्ताबेजले यस्तो देखाएको हो ।

अमेरिकी व्यापारी एलन मस्कले एक वर्षअघि ४४ अर्ब डलर तिरेर एक्स (त्यतिबेलाको ट्विटर) किनेका थिए । सोको तुलनामा सोमबारको मूल्य ५५ प्रतिशत कम हो । एक वर्षअघि ट्विटर किन्दा मस्कले ट्विटरको प्रतिकित्ता शेयरको लागि ५४ डलर २० सेन्ट मूल्य तिरेका थिए । 

मस्कले बारम्बार ट्विटर आफूलाई महँगो परेको, वास्तविक भन्दा बढी मूल्य चुकाएको बताएका छन् । मार्चमा कर्मचारीहरूको नाममा लेखिएको एउटा इमेलमा उनले कम्पनीको मूल्य २० अर्ब डलर भएको बताएका थिए । यसलाई उनले ‘इन्भर्स’ स्टार्टअपको संज्ञा दिएका थिए ।

शेयर पाउने कर्मचारीले प्रतिकित्ता शेयरबापत ४५ डलर पाउनेछन् । कम्पनीको मूल्यांकन खस्किएअनुसार शेयरको भाउ किन घटेन भनेर चाँहि दस्ताबेजमा केही भनिएको छैन । मस्कले ट्विटर किनेयता कम्पनीमा व्यापक हेरफेर गरेका छन् । कम्पनीका ८० प्रतिशतभन्दा धेरै कर्मचारीलाई कामबाट निकाले । मस्कले सेवा प्रमाणीकरण प्रक्रियाका साथसाथै कन्टेन्ट हेरफेरको नियममा परिवर्तन गरे । अहिले मस्क एक्सलाई सुपर एप बनाउन तिर लागिपरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप