शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार, १५ कात्तिक २०८०, १० : ५२
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको छ ।

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।

हिजो मंगलबार सुनको मूल्य तोलामा ५०० र सोमबार तोलामा ५०० रुपैयाँले नै मूल्य घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार १४ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप