बर्दिया र झापामा बालिका बलात्कृत
काठमाडौँ । बर्दिया र झापामा बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । थारूले सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यता झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण