शरणार्थी शिविरमा इजरायलको आक्रमण, कम्तीमा ५० जनाको मृत्यु
बुधबार, १५ कात्तिक २०८०, १३ : १७
गाजा । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विष्फोटमा परी धेरै सर्वसाधरणको मृत्यु भएको र घाइते भएको बताइएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ ।
इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनिक्सले आफ्नो निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी रहेको बताएका छन् । यस हमलामा भूमिगत सुरुङमा हमासका ‘धेरै लडाकु’ मारिएको उनले दाबी गरे ।
इजरायली सेनाका प्रवक्ताका अनुसार भूमिगत सुरुङ परिसरलाई निशाना बनाइएको थियो र यसबाट नजिकैका धेरै भवनहरू ध्वस्त भएका थिए, जसलाई रोक्न सकिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण