बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दिनभरमा २२ मिनेट मात्रैको व्यायामले पनि बढाउँछ तपाईँको आयु

बुधबार, १५ कात्तिक २०८०, १५ : ०९
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । अहिले हामी सबैको जीवन व्यस्त छ । हामीमध्ये धेरै जसो त कुर्सीमा एकै ठाउँमा घण्टौँ बसेर गर्नुपर्ने काम गरिरहेका छौँ । सयौँ वर्ष अघिका हाम्रो पुर्खाहरुले जस्तो सक्रिय जीवन बिताएका थिए, त्यत्तिको सक्रिय जीवन त अहिले कसैको पनि छैन । हाम्रो यस्तो जीवनशैलीले मृत्युको जोखिम बढाइरहेको छ ।

दिनभरमा २२ मिनेट मात्रै हल्काफुल्का कसरत गर्दा पनि ५० वर्ष व सोभन्दा बढी उमेरका मानिसहरूमा मृत्युको जोखिम उल्लेख्य कम हुने नयाँ अध्ययनले देखाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिशिनमा छापिएको नयाँ अनुसन्धान प्रतिवेदनमा नर्वे, स्वीडेन र अमेरिकाभरका ११ हजार ९८९ जना सहभागीहरूको डेटा विश्लेषण गरिएको थियो । सहभागी सबैको उमेर ५० वर्ष वा सोभन्दा बढी थियो । अध्ययनका अनुसार दिनमा १२ घण्टा वा सोभन्दा बढी समय एकै ठाउँमा बसिरहनेहरूले समेत दिनमा २२ मिनेट व्यायाम गर्ने हो भने मृत्युको जोखिम घट्नेछ ।

दिनमा ६ घण्टासम्म बसेर काम गर्नेहरूले १० मिनेट व्यायाम गर्ने हो भने मृत्युको जोखिम ३२ प्रतिशतले घट्ने पाइयो । अध्ययन बुढा वयस्कहरूमा मात्रै केन्द्रित रहेको भएपनि यसको नतिजा युवाहरू सबैमा लागू हुने विश्लेषण गरिएको छ । अध्ययनले युवा, खेलाडी र गैर –खेलाडी, वयस्क र किशोरकिशोरी सबैमा शारीरिक व्यायामको महत्त्व छर्लङ्ग पारेको अध्ययनमा संलग्न डाक्टरहरु बताउँछन् । युवा हुँदा जति सक्रिय जीवन बितायो त्यति नै जग बलियो हुने र उमेर ढल्किँदै गएपछि सहज हुने पनि उनीहरुले बताएका छन् ।

हिँडडुल गर्ने वा अलिअलि दौडिने आदि हल्काफुल्का व्यायाममा पर्छ । पहाड चढ्ने वा बास्केट बललगायत खेल खेल्नु चाँहि कठोर खालको व्यायाममा पर्दछ । केही गर्दै नगर्नु भन्दा केही गर्नु उत्तम हो । कठोर खालको व्यायाम गर्न सकिन्न भने पनि घरवरिपरि टहलिने, साँझ बिहान नियमित रुपमा हिँडडुल गर्ने, भ¥याङ्गमा तलमाथि गरिरहने जस्ता स–साना गतिविधि गरेर पनि आफूलाई स्वस्थ र सक्रिय राख्न सकिन्छ । बस्दाबस्दै दिक्क भएको बेलामा तपाई के गर्नु हुन्छ ?

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप