आज पनि घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि
बुधबार, १५ कात्तिक २०८०, १६ : ०७
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि गिरावट आएको छ । हिजो मंगलबार १४ अंकले घटेको सेयर सूचक आज ५ अंकले घटेको हो । यससँगै, आज परिसूचक १८५८ अंकमा आएर रोकिएको छ ।
०.३१ प्रतिशतले परिसूचक घट्दा आज ८१ करोड २० लाख रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । हिजो नेप्सेमा ५७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यसक्रममा ६८ कम्पनीको सेयर मूल्य भने बढेको छ । तर, १६२ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको भने स्थिर कायम भएको छ ।
परिसूचक ५ अंकले घट्दा लगानी समूहमा ०.०५ अंकको सुधार आएको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । उत्पादनमूलक समूहमा ४८ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ३५ अंक र जीवन बीमा समूहमा ३८ अंकको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण