नेता धर्मेन्द्र बास्तोलाको गाडी ठक्कर प्रकरण : प्रहरीले अनुसन्धान सक्यो
बुटवल । आफैले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि दसैँभरि हिरासतमा रहे, नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला । यसैबिच उनको अनुसन्धान प्रहरीले सकाएको छ ।
कार्तिक २ गतेदेखि दाङ प्रहरी हिरासतमा रहेका बास्तोलाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा प्रहरीले प्रतिवेदन बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल पेश गरेको जानकारी रातोपाटीलाई दिए ।
सरकारी वकिल कार्यालय दाङका प्रमुख देवराज भारतीका अनुसार प्रहरीले पठाएको अनुसन्धान प्रतिवेदन आज बिहान दर्ता भएकोमा फाइल थप अध्ययन गरेर दाङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ ।
प्रमुख भारतीले भने, ‘भोलि अदालत जान सक्ने सम्भावना हुन्छ, केही दिन लम्बिन पनि सक्छ । त्यो पुरा फाइल हेरेपछि मात्रै भन्न सकिन्छ ।’
मुद्दा दर्ता भई अभियोजन गरेर थुनछेक आदेश नहुँदासम्म बास्तोला प्रहरी हिरासतमा रहनेछन् ।
गत कात्तिक २ गते नेता बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै भएको दुर्घटनामा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो।
बास्तोला काठमाडौबाट सुर्खेत जाँदै थिए । दसैँ बिदाका कारण बास्तोला विरुद्धको मुद्दाको फाइल १३ दिनपछि मात्र प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण