चिनियाँ सर्च इञ्जिन बाइडुले ल्यायो च्याटजीपीटी जस्तै प्रडक्टको पेड भर्सन
बेजिङ । चिनियाँ सर्च इञ्जिन कम्पनी बाइडुले च्याटजीपीटी जस्तै प्रडक्टको फेड भर्सन लञ्च गरेको छ ।
कम्पनीले बुधबार च्याटजीपीटी जस्तै प्रडक्ट एर्नी बोटको पेड भर्सन ल्याएको हो । पेड सब्सक्रिप्शन बुधबार देखि नै प्रयोगकर्ताहरुमाझ उपलब्ध छ ।
यो प्रडक्टका लागि कम्पनीले प्रयोगकर्ताबाट मासिक ५९ दशमलव ९ युआन अर्थात् ८ डलर १८ सेन्ट शुल्क लिनेछ । एर्नी बोट जेनरेटिभ कृत्रिम बौद्धिकता (एआई)मा आधारित एप हो । यस वर्ष कयौँ चिनियाँ कम्पनीहरुले एआईमा आधारित च्याटबोटहरु सार्वजनिक गरेका थिए ।
एर्नी बोट त्यस्तो खालको पहिलो च्याट बोट थियो । यो वर्षको सुरुमा बाइडुले एर्नी ४.० लञ्च गर्ने घोषणा गरेको थियो । यो एर्नीको नयाँ र अपग्रेडेड भर्सन थियो ।
अगष्टमा कम्पनीले यसलाई लञ्च गरेपछि यो चीनको आईओएस स्टोरमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको थियो । हालैका दिनमा बाइडुले एआई सम्बन्धी सेवामा आफ्नो पकड बलियो बनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण