तेस्रो डिभिजन टोलीसँग स्तब्ध बन्यो बायर्न
बिहीबार, १६ कात्तिक २०८०, १० : ०७
म्युनिख । जर्मन च्याम्पियन बायर्न म्युनिख तेस्रो डिभिजन टोली सारब्रुकेनसँग स्तब्ध बनेको छ । जर्मन कपको खेलमा बायर्नले इन्जुरी समयमा गोल खाँदै १–२ गोलले पराजित भएको हो ।
मार्सेल गाउसले ९६ औँ मिनेटमा गोल गर्दै सारब्रुकेनलाई ऐतिहासिक जीत दिलाए । खेलमा अग्रता भने बायर्नले लिएको थियो । थोमस मुलरले १६ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अतिरिक्त समयमा प्याट्रिक सोनथेइमरले बराबरी गोल फर्काएका थिए ।
पछिल्ला ११ सिजन बुन्डेस लिगाको उपाधि जितेको बायर्न पछिल्ला चार वर्षमा तेस्रो पटक जर्मन कपको दोस्रो चरणबाट नै बाहिरिएको हो । अन्य खेलमा बोरुसिया डर्टमण्डले होफेनहाइमलाई १–० गोलले हरायो भने फ्रांकफर्टले एफसी भिक्टोरियालाई २–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण