टी-२० विश्वकप छनोट
अविनाशले लिए ओमानको सातौँ विकेट
बिहीबार, १६ कात्तिक २०८०, १० : २०
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको चलिरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो सातौँ विकेट गुमाएको छ ।
ओमानको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् । उनले ओमानका अनुभवी ब्याट्सम्यान जिसन मक्सुदलाई ३३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । अविनाशले कप्तान सिजनलाई आसिफ शेखद्वारा क्याच गराएका हुन् ।
पेभेलियन फर्किनुअघि जिसनले २६ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काएका थिए । त्यति बेला ओमानको टोलीले १४.४ ओभरमा एक सय रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण