१० अंकले घटेर सेयर बजार बन्द, कति भयो कारोबार ?
काठमाडौँ । दसैँपछि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो ।
यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घट्दै ३५७.७६ अंकमा झरेको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन समूह र म्यानु एण्ड प्रो समूहको दुई वटा उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । आज म्युचुअल फन्ड समूहको उपसूचक सबैभन्दा बढी ४.६३ प्रतिशतले घट्न पुगेको छ । यस्तै, ट्रडिङ समूहको उपसूचक ३.०५ प्रतिशतले घट्दा यता हाइड्रोपावर समूहको उपसूचक १.०५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक ४.२७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक झिनो अंक (०.०७ प्रतिशतले) बढेको छ ।
१० अंकमाथिले नेप्से घटेको यस दिन ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको ३७ लाख ४९ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण