सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्यो
शुक्रबार, १७ कात्तिक २०८०, १० : ४२

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री