यूएईले लगातार दुई विकेट गुमायो
काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको छ ।
यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको हो । उनी तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । उनलाई सोमपाल कामीले रन आउट गराएका हुन् । उनी आउट हुँदा यूएईले ३।१ ओभरमा २९ बनाएको छ ।
त्यसलगत्तै यूएईको दोस्रो विकेटका रुपमा ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका हुन् । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भए । उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका हुन् । वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनी आउट हुँदा यूएईले ३।३ ओभरमा ३० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण