शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
पुष्प व्यवसाय

चार वर्षमा ८ अर्बको कारोबार, फूलमा नेपाल कहिले आत्मनिर्भर ?

पुष्प व्यवसायमा ४४ हजार आश्रित
शुक्रबार, १७ कात्तिक २०८०, ११ : ३१
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दावी गरिँदै आएपनि आयात रोकिन सकेको छैन । सरकारी तथ्याङ्कअनुसार बर्सेनि ३० करोड रुपैयाँ भन्दा बढीको फूल आयात हुँदै आएको छ । गत चार वर्षको तथ्याङ्क केलाउँदा १ अर्ब ३२ करोड रुपैयाँको फूल आयात भएको देखिन्छ । 

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)का अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३३ करोड ६ लाख ४८ हजार फूल आयात भएको छ । 

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँको फूल आयात भएको छ । उता २०७७/०७८ मा ४० करोड ७२ लाख ३४ हजार रुपैयाँको फूल आयात भएको फ्यानको तथ्याङ्कमा उल्लेख छ । यस्तै, २०७६/०७७ मा २३ करोड ७७ लाख ३८ हजार रुपैयाँ फूलका लागि बाहिरिएको छ । 

फूल आयात मात्रै नभई नेपालबाट केही मात्रमा निर्यात पनि हुन्छ । तर, चार वर्षमा जम्मा २ करोड ७९ लाख रुपैयाँको फूलमात्र निर्यात भएको छ । 

28

यस क्रममा आर्थिक वर्ष २०७९/०८० मा ६८ लाख रुपैयाँको तथा २०७८/०८९ मा ९८ लाख रुपैयाँको निर्यात गरिएको छ । 

यस्तै, २०७७/०७८ मा ५३ लाख ८ हजार रुपैयाँ र २०७६/०७७ मा ६० लाख ५९ हजार रुपैयाँको फूल निर्यात भएको तथ्याङ्क छ । 

पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक आयात तथा निर्यात कारोबार अवस्था 

1

 

स्रोत : फ्लोरिकल्चर एशोसिएशन नेपाल

चार वर्षमा ८ अर्ब रकम बराबरको कारोबार

मुलुकमा चार वर्षमा ८ अर्ब रकम बराबरको पुष्प व्यवसायको कारोबार भएको छ । यसरी पछिल्लो समय पुष्प व्यवसायमा सुधार भएको देखिएको छ । 

२ अर्ब रुपैयाँ बराबरको वार्षिक कारोबार हुँदै आएको पुष्प व्यवसाय कोरोनाकाल (२०७७/०७८) मा १ अर्ब रुपैयाँमा खुम्चिएको थियो । पछिल्लो समय पुष्प व्यवसायमा सुधार हुँदै वार्षिक कारोबार २ अर्बबाट ३ अर्ब पुगेको फ्यानले जनाएको छ ।

२०७६/०७७ मा २ अर्ब ४२ करोड २४ लाख २५ हजार रुपैयाँको कारोबार भएको थियो भने २०७७/०७८ मा कारोना महामारीका कारणले कारोबार खुम्चिएको थियो । यो वर्ष १ अर्ब ६३ करोड २४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ । 

34

यस्तै, २०७८/०७९ मा २ अर्ब ३० करोड ३४ लाख ८ हजार रुपैयाँको कारोबार भएको फ्यानको तथ्याङ्कमा उल्लेख छ । २०७९/०८० मा  सुधार हुँदै ३ अर्ब ७  करोड ८१ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । वार्षिक रुपमा आलंकारिक वोटबिरुवाको बढी कारोबार भएको छ । आलंकारिक वोटबिरुवा गृह सजावट, इनडोर प्लान्टका रुपमा बढी प्रयोग हुने भएकाले यसको बढी प्रयोग भएको हो । 

पुष्प व्यवसायको वार्षिक कारोबार अवस्था 

2

3                                                                                                                                                                                                                                     स्रोत : फ्लोरिकल्चर एशोसिएशन नेपाल
पुष्प व्यवसायमा ४४ हजार आश्रित 

पुष्प व्यवसायमा हाल ४४ हजार जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आश्रित छन् । २०७८/०७९ मा यो संख्या ३९ हजार थियो ।  

त्यस्तै, पुष्प खेती ४८ जिल्लामा विस्तारित छ । २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प खेती भएको फ्यानले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ सय ७८ हेक्टर क्षेत्रफलमा यो खेती गरिएको थियो ।  

पुष्प व्यवसायको वर्तमान अवस्था 
4

स्रोत : फ्लोरिकल्चर एशोसिएशन नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप