पोखरामा सुरु भयो पुष्प मेला
शुक्रबार, १७ कात्तिक २०८०, १६ : ३४
पोखरा । पोखरामा पुष्प प्रदर्शनी मेला सुरु भएको छ । शुक्रवार पोखराका मेयर धनराज आचार्यले मेलाको उद्घाटन गरेका हुन् । फ्लोरिकल्चर एशोसियसन अफ् नेपाल (फ्यान) ले चौथो संस्करणको पुष्प मेला शुक्रवारदेखि सुरु गरेको हो ।
मेलामा विभिन्न प्रजातिको फूलका लागि २० वटा व्यावसायिक स्टल राखिएका छन् भने २ वटा कृषि सामग्रीको स्टल छ । पोखरसहित प्रदेशका व्यावसायिक किसानले उत्पादन गरेका फूल प्रदर्शनी र विक्रीका लागि राखिएको छ ।
मेयर आचार्यले पुष्प व्यवसायको प्रवर्द्धनका लागि महानगर प्रतिबद्ध रहेको बताए । पोखरालाई आवश्यक पर्ने फूलको उत्पादनमा महानगर सहकार्य गर्न तयार रहेको उनको भनाई छ । यो वर्ष तिहार लक्षित फूल उत्पादनका लागि बिउमा ५० प्रतिशत अनुदान दिइएको छ । मेला सोमबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण