कालीगण्डकीले बगाउँदा आमाको मृत्यु, बालक गम्भीर

पर्वत । पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् ।
पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई नदीले बगाएपछि उद्धार गर्न जाँदा आमा रितुलाई पनि बगाएको थियो ।
दुवैजनालाई उद्धारगरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्याउने वित्तिकै आमाको मृत्यु भएको हो भने चार वर्षीया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते बालकलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । नुहाउन गएका बच्चाका बुवा र मृतककी बहिनी भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने