जाजरकोट भूकम्प
भूकम्पले घर भत्काएका ठाउँमा बाहेक अन्य ठाउँमा विद्युत् सुचारु
शनिबार, १८ कात्तिक २०८०, १३ : १०
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरूमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मत सम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरूको लाइन सुचारु गरिएको बताए । यादवले घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे ।
उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण