भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमकाे सीमसहित नि:शुल्क सेवा
काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रका लागि पाँच दिनसम्म भ्वाइस कल र एसएमएस सेवा निःशुल्क दिने निर्णय गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका हुन् ।
उनले भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै सूचना आदान–प्रदानलाई निरन्तरता दिन सो क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवा निशुल्क उपलब्ध गराइएको जानकारी दिए ।
उनले सो क्षेत्रमा पाँच दिनका लागि भ्वाइस र एसएमएस सेवासहितको निःशुल्क सीम उपलब्ध गराउने समेत जानकारी दिए । सीम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने पनि विज्ञप्तिमा भनिएको छ ।
उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा समेत उपलब्ध गराइने विज्ञप्तिद्वरा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण