पोखरा महानगरको टोली राहत लिएर जाजरकोट हिँड्यो, एक महिनाको पारिश्रमिक पनि दिने

पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।
टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य सहभागी छन् । महानगरपालिकाले १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा पनि गरेको छ ।
२ वटा सानो गाडी र एउटा ट्रकमा १७ जनाको उद्धार टोली पनि जाजरकोट हिँडेको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार त्रिपाल, लत्ताकपडा, व्लाङकेट र औषधी पठाएको हो ।
पहिलो चरणमा नगरका मेयर, उपमेयर लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको १ महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजारको सामग्री पठाइएको आचार्यले बताए । पोखरा महानगरपालिकाले ५० लाख राहत दिने घोषणा पनि गरेको छ । थप सामग्री र सहयोग महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोर्ने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे