पोखरा महानगरको टोली राहत लिएर जाजरकोट हिँड्यो, एक महिनाको पारिश्रमिक पनि दिने
पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।
टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य सहभागी छन् । महानगरपालिकाले १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा पनि गरेको छ ।

२ वटा सानो गाडी र एउटा ट्रकमा १७ जनाको उद्धार टोली पनि जाजरकोट हिँडेको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार त्रिपाल, लत्ताकपडा, व्लाङकेट र औषधी पठाएको हो ।
पहिलो चरणमा नगरका मेयर, उपमेयर लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको १ महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजारको सामग्री पठाइएको आचार्यले बताए । पोखरा महानगरपालिकाले ५० लाख राहत दिने घोषणा पनि गरेको छ । थप सामग्री र सहयोग महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोर्ने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण