गाजाको युएन स्कुलमा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
गाजापट्टी । शनिबार इजरायलले संयुक्त राष्ट्रसङ्घको एक स्कुलमा आक्रमणमा १५ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त स्कूलमा हजारौँ विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिइरहेका थिए ।
“आज बिहान इजराइलद्वारा अल–फखुरा स्कुलमा गरिएका नरसंहारमा १५ जना सहिद र ७० जना घाइते भएका छन्”, मन्त्रालयलका प्रवक्ता असरफ अल–कद्रले पत्रकार सम्मेलनमा भने । मन्त्रालयले यसअघि १२ जना मारिएको र ५४ जना घाइते भएको बताएको थियो ।
इजरायलका तर्फबाट तत्काल उक्त आक्रमणबारे कुनै प्रतिक्रिया आएको छैन र एएफपीले पनि स्वतन्त्ररूपमा मृतकहरूको सङ्ख्या पुष्टि गर्न सकेको छैन । प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी युनआरडब्लुएको तर्फबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
बिहीबार गाजापट्टीमा युद्धबाट विस्थापित भएका मानिस बस्ने आफ्ना चारवटा स्कुल बमबारीले क्षतिग्रस्त भएको युनआरडब्लुएले बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण