अर्थ
आजदेखि सुनचाँदीको असर्फी बिक्री खुला, १० ग्राम सिक्काको मूल्य १ लाख २ हजार
आइतबार, १९ कात्तिक २०८०, १३ : ५९
काठमाडौँ । सर्वसाधारण उपभोक्ताका लागि आइतबारदेखि सुनचाँदीका असर्फी बिक्री खुला भएको छ । तिहारको अवसरमा नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी, मेडालियन, सिक्का बिक्री शुरु गरेको हो ।
केन्द्रीय बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सिक्का बिक्रीमा राखेको छ भने चाँदीका २५ ग्राम, १०/१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकका अनुसार १० ग्राम सुनको सिक्काको बजार मूल्य १ लाख २ हजार ३६५ रुपैयाँ तोकिएको छ भने ५ ग्राम र २.५ ग्राम सुनको सिक्काको क्रमशः ५१ हजार ३८३ रुपैयाँ र २५ हजार ५९२ रुपैयाँ तोकिएको छ ।
यस्तै यता चाँदीको सिक्काको २५ ग्रामको ४ हजार रुपैयाँ र १० ग्रामको एक हजार ६ सय रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण