भूकम्प पीडितको राहतका लागि सहयोग गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
आइतबार, १९ कात्तिक २०८०, १२ : ४३
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितलाई राहतको लागि सक्दो सहयोग गर्न सार्वजनिक आव्हान गरेको छ ।
कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न आग्रह गरेका छन् ।
विपद्को घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहेका सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यालयले यस किसिमको सहयोगलाई निरन्तरता दिन समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण