यम बरालले एकल साँझमा सुनाए कालजयी गीत
काठमाडौँ । गायक यम बरालको एकल साँझ सम्पन्न भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित साँझमा गायक बरालले आफ्ना लोकप्रिय गीत मार्फत दर्शक नचाए ।
उपसभामुख इन्दिरा राना मगर, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटा, आलोकश्री लगायत थुप्रै ब्यक्तिहरुको सहभागिता कार्यक्रममा थियो ।
‘हिस्टोरिकल लाइभ इन कन्सर्ट’ नाम दिइएको साँझमा गायक बरालले जाजरकोट भूकम्पमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो प्रस्तुति सुरु गरेका थिए ।
दर्शकले भरिरिभाउ हलमा गायक बरालले आफ्नो प्रस्तुति लोकप्रिय गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’बाट सुरु गरे । त्यसपछि ‘दिलमाया दिलमाया’, ‘अब चोटहरुले’ ‘मन रहे पो मायाप्रीति’ र ‘निष्ठुरीले छाडेर गइहाली’ प्रस्तुत गरे ।
पहिलो चरणमा सुगम संगीतका गीत सुनाएरका बरालले दोस्रो चरणमा फिल्मी गीत गाए । फिल्मको ‘तिम्रो हाम्रो चिनारी’, ‘जाऔंन ठमेलमा’ गायका थिए । यी गीतमा उनलाई गायिका देविका बन्दना र अनु अधिकारीले स्वरमासाथ दिएका थिए ।
कार्यक्रममा उनले ‘हेर हेर पूर्वबाट झुल्किएछ घाम’, ‘माया बस्यो मुटुमा’ गीतबाट समेत दर्शक नचाउन सफल रहे ।
लाइन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिनले आयोजनामा समाजसेवाका लागि बरालले एक साँझ गरेका हुन् । कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यअन्तर्गत क्यान्सर पीडित गायिका जमुना थापाको उपचारार्थ र धादिङको एक विद्यालयर अनाथ आश्रमलाई सहयोग दिने आयोजकले जानकारी दियो ।
करिब २५ वर्षपछि बराल एकल साँझमा उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण