भूकम्प पीडितलाई माओवादी केन्द्रले ५० लाख दिने
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।
यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।
‘बैठकले पीडितहरूको उद्धारका लागि रु.५० लाख दिने निर्णय भएको छ । सबै प्रदेश कमिटीसँग समन्वय गर्न महासचिव देव गुरुङजीलाई जिम्मेवारी दिएको छ’, रातोपाटीसँग उनले भने ।
राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवस/मोर्चा लगायतलाई निर्देशन दिएको उनले बताए । शुक्रबार राति जाजरकोटको रामिडाँडामा ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५७ जानाको ज्यान गएको थियो । २५६ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण