मकैको ८ वटा नयाँ जात सिफारिस
आइतबार, १९ कात्तिक २०८०, १६ : ३३
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न बाली अन्र्तगत पर्ने मकैको नयाँ ८ वटा जात सिफारिस गरेको छ ।
कार्तिक १६ गतेको मन्त्रीस्तरीय बैठकले भारतमा विकास भएका मकैका वर्णशंकरको ८ वटा नयाँ जात सिफारिस गरेको हो । मकैका वर्णशंकर जातहरु ३४९९, एम वि एस ११५५, एन एस एच ८३९२, टि एम एम एच २८५८, आर एम एच ५६७, सुपर ९०९० , सिरी ४४५६ र सुपर किङ्ग ४४५५ सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।
यो मकैको उत्पादन क्षमता प्रतिहेक्टर ८ दशमलब ४२ मेट्रिक टन देखि ९ मेट्रिक टन छ । यो बाली लगाएको एक सय ६५ देखि एक सय ८३ दिनमा तयार हुन्छ । मकैका यी वर्णशंकर जातको बाली समुन्द्री सतहदेखि सात सय मिटर उचाईमा र तराईदेखि भित्रि मधेशका क्षेत्रमा खेती गर्न सकिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण