भूकम्प प्रभावितलाई सीबीफीनको १० लाख
काठमाडौँ । पश्चिम नेपालमा आएको भूकम्पका कारण प्रभावितलाई सीबीफीनले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । शुक्रवार राती आएको भूकम्पका कारण पश्चिम रुकुम र जाजरकोटमा जनधनको ठुलो क्षति भएको छ । यही भूकम्पबाट प्रभावित स्थानीयलाई बैङ्क तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले लाख दिने घोषणा गरेको हो ।
सीबीफीनले राष्ट्रिय विपत्ति आइलागेको यस कठिन अवस्थालाई संवेदनशीलरुपमा लिँदै खाद्यान्न, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास आवश्यक रहेको जानकारी पाएकाले आर्थिक सहयोग गरेको जानकारी दिएको छ । सीबीफीनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्पर्क गरी त्यस क्षेत्रमा आवश्यक रहेको वस्तुबारे जानकारी समेत लिएको छ ।
‘राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश÷जिल्ला तथा स्थानीय निकायहरूमा सञ्चालित सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूमा हार्दिक आग्रह गर्दछौँ’ सो संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जनधनको क्षतिसहित कठिन अवस्थामा रहेका भूकम्प पीडितहरूको सहयोगार्थ सदस्य बैङ्क तथा वित्तीय संस्थाहरूले सहयोग घोषणा गरिरहेको जानकारी प्राप्त भइरहेको छ । यस संवेदनशील घडीमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट स्वतःस्फूर्त सहयोग भइरहेकोप्रति सीबिफीनले धन्यवाद समेत व्यक्त गरेको छ । साथै, राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूमा हार्दिक अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण