बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टिचिङ अस्पताल रहेका भूकम्पका घाइते र कुरुवालाई नेविसंघको सहयोग

सोमबार, २० कात्तिक २०८०, ०६ : १५
सोमबार, २० कात्तिक २०८०

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई आवश्यक सहयोग गरेको छ। नेवसंघले घाइते र कुरुवाका लागि कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराइएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको उपस्थितिमा सहयोग सामग्री उपलब्ध गराइएको थियो। नेविसंघ केन्द्रीय कार्यसमितिले उक्त अस्पतालमा २४ घन्टे रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेका हो । बज्राचार्यका अनुसार आइतबार ५ बजेसम्म ६२ जनाले रक्तदान गरेका छन्।

यस्तै जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा पीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत् नेविसंघ केन्द्रीय समितिबाटमात्रै एकमुष्ट ७ लाख रुपैयाँ सहयोग गरेको छ ।

उद्धार र उपचारमा नेविसंघले शनिबारै डा नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । टोलीमा डाक्टरहरु सुलभ आचार्य, अमृत बस्नेत, सागर काफ्ले, ज्योति शाह समेत खटिएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप