टिचिङ अस्पताल रहेका भूकम्पका घाइते र कुरुवालाई नेविसंघको सहयोग
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत भूकम्पका घाइते र कुरुवालाई आवश्यक सहयोग गरेको छ। नेवसंघले घाइते र कुरुवाका लागि कम्बल, म्याट्रेस, हर्लिक्स, फलफूल, बिस्कुटलगायतका सामग्री उपलब्ध गराइएको हो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको उपस्थितिमा सहयोग सामग्री उपलब्ध गराइएको थियो। नेविसंघ केन्द्रीय कार्यसमितिले उक्त अस्पतालमा २४ घन्टे रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेका हो । बज्राचार्यका अनुसार आइतबार ५ बजेसम्म ६२ जनाले रक्तदान गरेका छन्।
यस्तै जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा पीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत् नेविसंघ केन्द्रीय समितिबाटमात्रै एकमुष्ट ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
उद्धार र उपचारमा नेविसंघले शनिबारै डा नरेश भट्टको संयोजकत्वमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । टोलीमा डाक्टरहरु सुलभ आचार्य, अमृत बस्नेत, सागर काफ्ले, ज्योति शाह समेत खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण