मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितको सहयोगमा जुटे अर्बपति व्यापारी शेष घले र एनआरएनए अध्यक्ष विनोद कुँवर

सोमबार, २० कात्तिक २०८०, ०७ : ३९
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न अस्ट्रेलिया निवासी अर्वपति व्यापारी शेष घले र एनआरएनएका अध्यक्ष बिनोद कुँवरले पहल गरेका छन् । 
जसअनुसार एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले आफ्नो संस्था एमआईटी फाउन्डेशनमार्फत ५० लाख रुपैयाँ प्रदान गरेका छन् । यस्तै एनआरएनएका अध्यक्ष बिनोद कुँवरले १० लाख १ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । 

 कुँवरको अध्यक्षता र घलेको प्रमुख आतिथ्यतामा आइतबार भर्चुअल रुपमा बसेको आकस्मिक बैठकले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । जसअनुसार घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय पनि भएको अध्यक्ष कुँवरले जानकारी दिए । 

यो आपतकालिन अवस्थामा सहयोग गर्न गैरआवासीय नेपाली संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न सकिने उनको भनाइ छ। 

जसअनुसार सो खातामा जानेगरी १ करोडको भन्दा बढी रकम उठेको बताइएको छ ।  बैठकले सहयोगका लागि सबै देशमा एनसीसीहरुले पहल गर्ने र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ सहयोगको लागि आह्वान समेत गरेको छ।
सहयोगका लागि प्रभु बैंकको खाता नम्बर १३६०१५३३०६५०००१४ उपलब्ध गराइएको छ । 

सहयोग गर्नेको विवरण
राहतका लागि घलेले ५० लाख र कुँवरले १० लाख एक हजार १०० सहयोग गर्दा बीआर लामाले १ लाख, भूमा लिम्बुले १ लाख, उमेश पुडासैनीले ५० हजार, थर्क सेनले १ लाख ५ हजार, जानकी गुरुङले एक लाख, कृष्ण सन्जेल केसीले १ लाख सहयोग गरेका छन् । 

यसैगरी धर्मराज खतिवडाले ५१ हजार, शशी चन्द्र अधिकारीले १ लाख, इर्साद अहमदले १ लाख १ हजार, जुनु गुरुङले १ लाख, पासाङ शेर्पाले १ लाख, पूर्ण देउरालीले ५१ हजार, केशव कडेलले ५५ हजार, कुशल केसीले १ लाख, दीपा राईले ८५ हजार, लक्ष्मी गुरुङले ५० हजार सहयोग गरेका छन् । 

यसैगरी श्याम तामाङले एक लाख, एसी शेर्पा ५ लाख, राज बहादुर शाहीले १ लाख, धरम केसीले २५ हजार ५६३, आरसी सापकोटाले ४३ हजार, लाम्जी लामिछानेले १३ हजार, भक्त भण्डारीले १ लाख, कर्मा शेर्पाले १ लाख र कृष्ण पोखरेलले १ लाख सहयोग गर्दा विभिन्न एनसीसीहरु र व्यक्तित्वहरुले पनि सहयोग गरेका छन् । 

एनआरएनएको बद्री केसी र आरके समूहले पनि भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । तीन वटै एनआरएनएहरु एक हुनुपर्नेमा कुँवर नेतृत्वको एनआरएनएले जोड दिँदै आएको छ भने पहिलो चरणमा आरके शर्मासँग संवाद सुरु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप