रुपन्देहीबाट एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाइने
बुटवल । जिल्ला प्रशासक कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन निर्देशन दिएको छ । आइतबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले रुपन्देहीबाट जाजरकोट र रुकुममा पठाउने राहत साम्रागीहरु एकद्धार प्रणालीबाट पठाउने निर्णय गरेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामाजिक सङ्घ संस्था, व्यक्ति र क्लबहरूले पठाउने राहत सामग्री पालिका आउने र पालिकाले प्रशासक अनुमितमा सवारी साधनको पास पाउने रातोपाटीलाई बताए ।
एकल रुपमा पठाउँदा खर्च धेरै हुने र राहत सङ्कलन गरेको पनि स्पष्ट नहुने भएको भन्दै रुपन्देही प्रशासनले एकद्धार प्रणालीबाट पठाउने निर्णय लिएको उनको भनाइ छ।
उनले आजको बैठकको निर्णय अनुसार२ वटा ट्रकहरू राहत सामग्री लिएर जाजरकोट र रुकुम पश्चिमसम्म तर्फ गएको बताए । हाललाई स्वधीत स्थानीय तहको अगुवाइ र संयोजकमा कम्मल ,म्याटे«स लत्ता कपडा यस्तै खाद्यजन्यमा दाल, चामल ,तेल आलु चिनी आदि सङ्कलन गर्नको लागि औपचारिक संयन्त्रको व्यवस्था मिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण