आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

कोशी प्रदेश : समर्थन फिर्ताबारे छलफल गर्न एमालेको बैठक बस्दै

सोमबार, २० कात्तिक २०८०, ०९ : ४२
सोमबार, २० कात्तिक २०८०

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको बैठक बोलाएको छ । प्रदेश सभा बैठक बस्नुअघि एमालेले प्रदेश सभा संसदीय दलको बैठक बोलाएको हो । 

बैठकमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारे छलफल गर्नेछ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने टुंगो लाग्नेछ । 

कांग्रेसको शेखर समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमालेले आफ्नो चाहनाविपरीत सत्ता गठबन्धनका दुई मन्त्री सरकारमा समावेश गरेपछि एमालेबाट मन्त्री बनेका रामबहादुर मगरलाई राजीनामा गर्न लगाइसकेको छ । 

गठबन्धनबाट मन्त्री बनाएपछि उसले आफूहरू गठबन्धनमा रहन नसक्ने भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । यस्तोमा सत्ता गठबन्धनले भने राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरत जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप