कोशी प्रदेश : समर्थन फिर्ताबारे छलफल गर्न एमालेको बैठक बस्दै
विराटनगर । नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको बैठक बोलाएको छ । प्रदेश सभा बैठक बस्नुअघि एमालेले प्रदेश सभा संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारे छलफल गर्नेछ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने टुंगो लाग्नेछ ।
कांग्रेसको शेखर समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमालेले आफ्नो चाहनाविपरीत सत्ता गठबन्धनका दुई मन्त्री सरकारमा समावेश गरेपछि एमालेबाट मन्त्री बनेका रामबहादुर मगरलाई राजीनामा गर्न लगाइसकेको छ ।
गठबन्धनबाट मन्त्री बनाएपछि उसले आफूहरू गठबन्धनमा रहन नसक्ने भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । यस्तोमा सत्ता गठबन्धनले भने राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरत जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण