रश्मिका मन्दानाको डिपफेक भिडियो भाइरल बनेपछि भड्किए बीग बी
मुम्बई । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । सोमबार सो डिपफेक भिडियो बाहिरिएको थियो ।
यसमा रश्मिका जस्तै देखिने एउटी युवति डीप नेक भएको कालो पोशाकमा लिफ्टमा चढेको देखाइन्छ ।
भिडियोमा लिफ्टमा छिर्दै गर्दा त्यसमा भएकी युवतिको अनुहार रश्मिकाको अनुहारमा बदलिएको देखिन्छ । यो भिडियो तुरुन्तै भाइरल बन्यो । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने यो भिडियो डिपफेक भएको बताइरहेका छन् ।
भिडियो डिपफेक भएको पुष्टि सोही पोष्टमा एक जना युजरले कमेन्ट गरेका थिए । रश्मिकाको डिपफेक भिडियो भाइरल बनेपछि बलिउडका शहन्शा अभिताभ बच्चन भड्किएका थिए ।
सो भिडियोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले कानुनी कारबाहीको माग गरेका छन् । अभिताभले एक जना एक्स प्रयोगकर्ताको पोष्टलाई रिट्विट गर्दै यस्तो घटनाविरुद्ध कानुनी कारबाही गर्न आग्रह गरेका छन् ।
उनले भारतमा डीपफेक नियन्त्रण गर्न तत्कालै कानुनी र नियामक ढाँचाको खाँचो रहेको औँल्याए । रश्मिका र अभिताभ बच्चनले गुडबायमा सँगै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण