सेयर बजारमा २१ अंकको वृद्धि, कारोबार ९३ करोडमा सीमित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार २१ अंकको वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.१६ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८४७ अंकमा पुगेर रोकिएको छ ।
यसक्रममा १९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । यता ६ कम्पनीको सेयर मूल्यमा भने कुनैपनि परिवर्तन भएको छैन । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । ९३ करोड ८९ लाख रुपैयाँको कारोबार हुँदा ३५ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।
हिजो परिसूचक २१ अंकले नै घटेको थियो । यस्तै, ९७ करोड रुपैयाँको कारोबार भएको थियो । जुन, आजको तुलनामा ४ करोडले बढी हो । हाथवे इन्भेष्टमेन्ट लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने ४.२८ प्रतिशतको गिरावट आएको छ ।
परिसूचक बढेको दिन सबै १३ वटै समूहको सूचकमा उत्साहजनक वृद्धि देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक २२१ अंकले र टुरिजम समूहको सूचक १८१ अंकले बढ्दा जीवन बीमा समूहको सूचकमा ११३ अंकको वृद्धि देखिएको छ । यस्तै, व्यापार समूहमा समेत ६९ अंकको वृद्धि आएको छ ।
आज सोल्टी होटल लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ६ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको ५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण